ad ad

खेल


आईपीएल : सनराइजर्सविरुद्ध गुजरात ७ विकेटले विजयी

आईपीएल : सनराइजर्सविरुद्ध गुजरात ७ विकेटले विजयी

नेपालखबर
चैत १८, २०८० आइतबार १९:५०, काठमाडौँ

गुजरात टाइटन्सले इन्डियन प्रीमियर लिग (आईपीएल) को जारी सिजनमा दोस्रो जित निकालेको छ।

जारी सिजनको आइतबार भएको १२ औँ भिडन्तमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। 

यस जितका साथ गुजरातको टोली आईपीएलको चौथो नम्बरमा उक्लेको छ। उता पराजित हैदराबाद तालिकाको पाँचौँ नम्बरमा छ।

अहमदाबादमा आइतबार भएको भिडन्तमा सनराइजर्स हैदराबादले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रनको सामान्य योगफल तयार पारेको थियो। 

१६३ रनको सामान्य लक्ष्यलाई गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाउन सफल भयो। 

गुजरातका साई सुदर्शनले ३६ बलमा ४५ रनको पारी खेले। उता  डेभिड मिलरले २७ बलमा अविजित ४४ रन बनाए। 

कप्तान शुभमन गिलले ३६ र ऋद्धिमान साहाले २५ रनको योगदान दिए।

सनराइजर्सकोतर्फबाट अभिषेक शर्मा र अब्दुल समदले २९-२९ रन बनाए। हेनरिक क्लासनले २४ रनको योगदान दिए। 

प्लेयर अफ दि म्याच घोषित गुजरातका मोहित शर्माले २५ रन दिएर ३ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .