ad ad

खेल


युनाइटेडसँगको बराबरीले उपाधि होडमा लिभरपुललाई धक्का

युनाइटेडसँगको बराबरीले उपाधि होडमा लिभरपुललाई धक्का

नेपालखबर
चैत २६, २०८० सोमबार ११:३३, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले रोमाञ्चक बराबरी गर्दै अंक बाँडेका छन्। 

आइतबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुल र युनँइटेडले २–२ को बराबरी गर्दै अंक बाँँडे। 

खेलको ८४ औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टी गोलमा लिभरपुल हारबाट जोगिएको हो। युनाइटेडसँगको यो बराबरीले उसको उपाधि यात्रामा भने धक्का लागेको छ।  

खेलको २३ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ५० औँ मिनेटमा बु्रनो फर्नान्डेजको गोलमा घरेलु टोली बराबरीमा आएको थियो। तर ६७ औँ मिनेटमा कोबी माइनोको गोलमा युनाइटेडले अग्रता बनाएको थियो। 

बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो। 

३१ खेलबाट ७१ अंक भएको लिभरपुल दोस्रो स्थानमा छ। समान खेलबाट ३१ अंक भएको आर्सनल शीर्ष स्थानमा छ। समान खेलबाट ७० अंक बनाएको म्यानचेष्टर सिटी ७० औँ स्थानमा छ। 

३१ खेलबाट नै ४९ अंक भएको युनाइटेड छैटौँ स्थानमा यथावत छ।

गएराति नै भएको खेलमा चेल्सी र सेफिल्ड युनाइटेडले २–२ को बराबरी गर्दै अंक बाँडे। अर्को खेलमा टोटनहमले नटिङग्मन फरेष्टलाई ३–१ ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .