खेल


एसीसी प्रिमियर कप : नेपालविरुद्ध कतारले गुमायो पाँच विकेट

एसीसी प्रिमियर कप : नेपालविरुद्ध कतारले गुमायो पाँच विकेट

नेपालखबर
बैशाख १, २०८१ शनिबार १९:८, काठमाडौँ

एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा कतारविरुद्ध नेपालले पाँच विकेट लिएको छ। 

नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिएका छन्। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

बलर ललित राजवंशीले पहिलो विकेट लिएका थिए। दोस्रो ओभर बलिङ गर्न मैदान छिरेका उनले पहिलो बलमै विकेट लिएका थिए। 

कतारका ओपनर सकलेन अर्शदलाई उनले विवेक यादवको हातबाट क्याचआउट गरे। 

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा जारी एसीसी प्रिमियर कपमा अललराउन्डर दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिए। उनले कतारका मोहम्मह अन्नाफलाई आउट गरेका हुन्।

त्यस्तै, गुल्सनले मोहम्मह इर्शदको विकेट लिँदै तेस्रो सफलता दिलाएका थिए।

११.१ ओभरको खेल जारी रहँदा कतारले नेपालविरुद्ध १ सय १५ रन जोडेको छ। 

खेलमा नेपालले २ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ऐरीको विस्फोटक ब्याटिङमा ७ विकेट गुमाउँदै नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो।

उनले एकै ओभमार ६ छक्का हिर्काएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .