पाहुना टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।
नेपाल र वेस्ट इन्डिज ‘ए’को पाँच खेलको टी–२० सिरिज आज (शनिबार) देखि सुरु हुँदैछ।
खेल सवा १२ बजे सुरु हुँदै छ।
नेपाल र वेस्ट इन्डिज दुवै टोलीले यो सिरिजलाई टी–२० विश्वकप खेल्ने तयारीमा रूपमा लिएका छन्। यो सिरिजपछि नेपालले विश्वकप खेल्ने अन्तिम टोलीको घोषणा गर्नेछ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोलीबाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो।
शुक्रबार अरू चार खेलाडी थपिएका छन्। टोलीमा नेपाल ए टोलीका विनोद भण्डारी र सागर ढकालसँगै कमल सिंह ऐरी र लोकेश बम थपिएका छन्।
सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ। चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार तय गरिएको छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अविनाश बोहोरा, प्रतिश जीसी, विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी मैदानमा छन्।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले टोलीका मुख्य खेलाडी सोमपाल कामी र करण केसीलाई बेन्चमा राखेका छन्। यसअघि टोलीमा पर्दै आएका सन्दीप जोरा र आशिफ शेख पनि बेन्चमा छन्।
Shares
प्रतिक्रिया