फिफा विश्वकप, दोस्रो चरणको छनोट अन्तर्गत यूएईविरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।
नेपालले आगामी जुन ६ मा युएईसँग खेल्ने तालिका छ। तर दशरथ रगंशाला खेल्न अयोग्य हुँदा युएईविरुद्धको खेल पनि घरेलु मैदानमा हुने सम्भावना कम छ।
एएफसीका प्रतिनिधिले दरशरथ रगंशालाको निरिक्षण गरेको थियो। सो क्रममा मैदानको अवस्थामा सुधार भएपनि फ्लडलाईट, सुरक्षाको कारण देखाउँदै खेल्न अयोग्य रहेको प्रतिवेदन दिएको थियो।
यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि देखाएको च्यासल मैदान र आर्मीको मैदान पनि प्रशिक्षणका लागि अयोग्य रहेको निश्कर्ष निकालेको थियो।
यसअघि नोभेम्बरमा भएको पहिलो खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो। पहिलो खेल युएईको घरेलु मैदानमा भएको थियो।
प्रारम्भिक नेपाली टोलीः
गोलरक्षकः अविशेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट
Shares

प्रतिक्रिया