खेल


एसएस फाउन्डेसनद्वारा फुटबलर अमिशा कार्कीलाई एक लाखसहित सम्मान

एसएस फाउन्डेसनद्वारा फुटबलर अमिशा कार्कीलाई एक लाखसहित सम्मान

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १७:२९, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन्।

एसएस फाउन्डेसनले बानेश्वरमा शुक्रबार एक कार्यक्रममा आयोजना गर्दै अमिशालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो।

एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।

गत बुधवार मात्र सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन अमिशाको महत्वपूर्ण भूमिका थियो। उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन्।

सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। उनले हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने बताइन्।

फाउन्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पुर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए। उनले राम्रो काम गर्दै आएका राष्ट्रिय प्रतिभासँगै समाज योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्दै आएको उल्लेख गरे।

घरेलु भूमिमा सम्पन्न सातौं संस्करणको साफ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा उपाधि छैटौंपल्ट उपाधिविमुख भएको थियो।

सोही फाइनलमा अमिशाले गोल गर्दै बराबरीमा ल्याएकी थिइन्। तर अन्तिम समय समालिन नसक्दा नेपालले लगातार दोस्रो संस्करणमा बंगलादेशसँग भिडन्तमा हार व्यहोर्नुपरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad