खेल


यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

फाइल फोटो


नेपालखबर
मंसिर ५, २०८१ बुधबार २१:४३, वालिङ (स्याङ्जा)

स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही रु एकरएक लाखका दरले पुरस्कार प्रदान गरिएको छ। १९ वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिएको हो।

शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो।

कार्यक्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ज्योत्सिना मरासिनी, पुतलीबजार–१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिए। संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार सम्मान गरेको हो।

युएईमा भएको यु–१९ टी–२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीन जना महिला खेलाडी पर्न सफल भएका थिए।

देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन्। अबको समय मलेसियामा हुने एसिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन्।

महिला खेलाडीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनही रु ३३ हजार तीन सय ३३ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताए। नगर कार्यपालिकाले तीन जनालाई रु एकलाख प्रदान गर्ने निर्णय गरेकाले आगामी नगर सभाबाट खेलाडीलाई प्रदान गरिने उनले बताए।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही रु १५ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए। गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको उनले बताए। यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad