नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पार्ने क्रममा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ।
ओपनर आन्द्रेस गाउस र दिनेश खरेलले पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेपछि पोखराले शुक्रबार शानदार विजय प्राप्त गरेको हो।
तेस्रो खेलमा पोखराको यो पहिलो जित हो।
लुम्बिनीले दिएको १ सय ७१ लक्ष्य पोखराले १६.५ ओभरमा विना विकेटको क्षति भेट्टायो। आन्द्रेस १ सय ४ र दिनेश ६१ रनमा अविजित रहे।
पोखरालाई कीर्तिमानी जित दिलाउने क्रममा ओपनर आन्द्रेस गाउसले शतक पूरा गरे।
तस्बिरमा हेर्नुहोस् रोमाञ्चक खेल










402
Shares

प्रतिक्रिया