मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रद्ध भएको छ।
बर्षा नरोकिएपछि खेल रद्ध भएको हो। खेल रद्ध भएपछि नेपाल र श्रीलंकाले एक-एक अंक बाँडेका छन्।
मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा बिहीबार सुरु भएको खेल वर्षाले रोकिएको थियो।
नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर-४ मा प्रवेश गरेको थियो।
समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए।
75
Shares

प्रतिक्रिया