खेल


प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

नेपालखबर
फागुन २९, २०८१ बिहिबार १७:५, घोराही (दाङ)

यहाँको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको छ।

आज भएको खेलमा कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई पराजित गरेको हो। मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपिएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्‍यो। ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए। सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दबाबमा परेको एपिएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए। प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए। रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो।
 

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन्।

दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन्। आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad