खेल


मेरिनोको एकै गोलमा चेल्सीविरुद्ध आर्सनल विजयी

मेरिनोको एकै गोलमा चेल्सीविरुद्ध आर्सनल विजयी

नेपालखबर
चैत ४, २०८१ सोमबार ६:६, काठमाडौँ

मिकेल मेरिनोको निर्णायक गोलमा चेल्सीलाई हराउँदै आर्सनलले इङ्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ। 

आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो। जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी १२ मा झारेको छ।

२९ खेलबाट ५८ अंक भएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ७० अंक छ। 
गएरातिको खेलमा दुवै टोली आफ्नो पहिलो रोजाइको फरवार्डबिनै मैदान उत्रिएका थिए। आर्सनलका काई हाभर्टज ह्यामस्ट्रिङ इन्ज्युरीका कारण यो सिजनका लागि बाहिरिएका छन्। 

चेल्सी पनि आफ्नो महत्त्वपूर्ण खेलाडी कोल पाल्मरले चोट बोकेपछि उनीबिनै मैदानमा गएको थियो। 

गत सिजनको अप्रिलमा आर्सनलसँग ५–० ले हारेपछि चेल्सीले उनीबिना खेल्नुपरेको यो पहिलोपटक हो।

खेलको २०औँ मिनेटमा मेरिनोले गरेको निर्णायक गोलमा आर्सनलले अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा जित हात पारेको हो।

गएराति नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीविरुद्ध ३–० को फराकिलो जित दर्ता गरेको छ। 

अंक तालिकाको १३औँ स्थानमा रहेको युनाइटेडलाई यो जितले केही राहत भने दिलाएको छ। 

गएरातिकै अर्को खेलमा फुलहामले टोटनहम हट्सपुरलाई २–० ले हराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad