नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले जित हात पारेको छ।
दश जनामा समेटिएको चितवन एफसीलाई २–० ले हराउँदै ‘प्ले अफ’को सम्भावनालाई जीवितै राखेको छ।
शनिबार दशरथ रंगाशलामा भएको खेलमा काठमाडौँका बाकारी माने र अमाडाउ डियोपले एक–एक गोल गरेर टिमलाई जित दिलाए।
काठमाडौँलाई ‘प्लेअफ’ सम्भावना जीवित राख्न यो खेल जित्नुपर्ने दवाब थियो।
आजको खेल जितेको भए चितवन ‘प्लेअफ’ अवस्था पुग्ने थियो, जहाँ काठमाडौँले बाजी मार्यो।
आजको हारपछि चितवनको यात्रा कठिन बनेको छ।







144
Shares

प्रतिक्रिया