लगातार तेस्रो जित निकाल्दै साबिक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको दिनको दोस्रो खेलमा धनगढीले झापा एफसीलाई १–० ले पराजित गरेको हो। यो जितसँगै शीर्ष स्थानमा उक्लिएको धनगढीले पाँच खेलबाट ११ अंक जोडेको छ।
धनगढी प्लेअफमा पुग्ने दोस्रो टोली हो। यसअघि नै समान अंक भएको साबिक विजेता ललितपुर सिटी एफसी प्लेअफमा प्रवेश गरिसकेको छ।
झापाले भने जारी लिगमा पहिलो पराजय बेहोरेको हो। यसअघिका चार खेलमा झापाले बराबरीको नतिजा हात पारेको थियो। योसँगै झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ।






132
Shares

प्रतिक्रिया