लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो।
जितसँगै पोखराले ६ खेलबाट आठ अंक पुर्याएको छ। पराजित बुटवल भने एक अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
पोखराको जितमा आयुष घलान र बिएस्सी विलियमले गोल गरे १०औँ मिनेटमै पोखराले आयुषको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। दोस्रो गोल भने ५९औँ मिनेटमा विलियमले हेडरमार्फत गोल गरे।













255
Shares

प्रतिक्रिया