ब्राजिलका लिजेन्ट फुटबलर रोबर्टो कार्लोसले दशरथ रंगशालामा फ्रिकिक प्रहार गरेका छन्।
नेपाल सुपर लिगमा पोखरा र धनगढीबिचको खेलको पहिलो हाफपछि भीभीआईपी कक्षबाट मैदानमा ओर्लिएका कार्लोसले बिच भागबाट फ्रिकिक प्रहार गरेका हुन्।
ब्राजिलियन डिफेन्डर कार्लोस फ्रिकिक प्रहारकै कारण चर्चित छन्। उनले दशरथ रंगशालामा पनि फ्रिकिक प्रहारबाट गोल गर्दै सेलिब्रेसन गरे र दर्शकलाई धन्यवाद दिए।
उनको उपस्थितिमा रंगशालामा ब्राजिलका झण्डा फहराइएको थियो।
नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पोखरा र धनगढी भिडिरहेका छन्।
नेपाल सुपर लिगको फाइनलमा ललितपुर सिटी यसअघि नै पुगिसकेको छ।









1.5k
Shares

प्रतिक्रिया