नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डको भ्रमण पूरा गरेर स्वदेश फर्किएको छ।
आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्यान्ड गएको टोली आइतबार अपरान्ह काठमाडौँ आइपुगेको हो।
स्कटल्यान्ड जानुअघि नेपाली टोलीले बेलायतमा ५ वटा अभ्यास खेल खेलको थियो।
स्कटल्यान्ड र नेदरल्यान्ड सहभागी लिग टु अन्तर्गतको सिरिजमा नेपाल ४ मध्ये ३ खेलमा विजयी भएको थियो।
त्यसपछि भएको त्रिकोणात्मक टी–२० आई सिरिजमा भने २ जित निकालेको थियो।

प्रतिक्रिया