नेपालमा टी–१० संरचनाको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने भएको छ।
आयोजक डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो।
‘स्ट्रीटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ देशभरका उदीयमान क्रिकेटरहरूलाई आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने उद्देश्य राखिएको आयोकजले जनाएको छ।
प्रतियोगिता आगामी असोज १५ गते देखि २४ गते सम्म काठमाडौँको तल्लो मुलपानी मैदानमा हुने एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिए।
७ टोली सहभागी हुने प्रतियोगितामा २४ खेल हुनेछन्। सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगितामा सहभागिताको लागि टिम खरिद गर्नु पर्ने र खेलाडीको अक्सन हुनेछ। प्रतियोगिताको विजेताले २१ लाख तथा उपविजेता टोलीले ११ लाख रुपैया प्राप्त गर्नेछन्।
त्यसै गरी एनएसपीएलले अभिनेता निखिल उप्रेती लाई आफ्नो ब्रान्ड एम्बेसडर रुपमा घोषणा गरेको छ।
ब्रान्ड एम्बेसडरको रूपमा एनएसपीएलमा आबद्ध हुन पाउँदा खुसी महसुस भएको उप्रेतीले बताए।
Shares

प्रतिक्रिया