खेल


काठमाण्डु गुर्खाजको प्रशिक्षकमा मोन्टी देसाई

काठमाण्डु गुर्खाजको प्रशिक्षकमा मोन्टी देसाई

नेपालखबर
असार २६, २०८२ बिहिबार १८:३०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाण्डु गुर्खाजले दोस्रो सिजनका लागि प्रशिक्षक मोन्टी देसाईलाई अनुबन्ध गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा सम्झौता नवीकरण नगर्ने निर्णय क्यानले गरेपछि बाहिरिएका देसाई पुनः नेपाल फर्किने तय भएको हो।

भारतीय प्रशिक्षक देसाईलाई काठमाण्डुले बिहीबार साँझ ६ बजे अनुबन्ध गरेको घोषणा गरेको छ। काठमाण्डुमा अनुबन्ध भएपछि उनले समर्थकलाई आफू त्रिवी क्रिकेट मैदानमा भेट्न एकदमै उत्सुक रहेको बताएका छन्। उनले नेपाली क्रिकेट र समर्थकको उच्च प्रशंसा गरेका छन्। 

काठमाण्डु गुर्खाजको मार्की खेलाडी करण केसी हुन्। टोलीमा केसीसँगै रसिद खान, प्रतिक श्रेष्ठ, दिपेश कँडेल, भीम सार्की र सहाव आलमलाई रिटेन गरेको छ। बाँकी खेलाडी अक्सनबाट छानिने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad