खेल


वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जितसँगै आदिलको सानदार पुनरागमन

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जितसँगै आदिलको सानदार पुनरागमन

नेपालखबर
असोज १४, २०८२ मंगलबार ५:४३, काठमाडौँ

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक तीन खेलको टी-२० आई सिरिज नेपाली क्रिकेट समर्थकका लागि विशेष बनेको छ।

साथै उक्त सिरिज नेपाली टोलीका मोहम्मद आदिल आलमका लागि पनि अविस्मरणीय बनेको छ। 

एक खेलअगावै युनिटी कप सिरिज जित्दै नेपालले कीर्तिमान कायम गर्दा आदिलको पुनरागमन सानदार बन्यो। 

प्रतिबन्ध फुकुवापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिलले वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा सुरुवाती रोजाइमा मौका पाए। 

नन्दन यादव घाइते भएपछि उनको स्थान लिँदै आदिल सुरुवाती रोजाइमा परे। मुख्य प्रशिक्षक स्टुआर्ट लले नन्दनको स्थानमा आदिललाई खेलाउने निर्णय गरे। जुन निर्णयलाई आदिलले सहि साबित गरे।

पुनरागमनका लागि लामो समय प्रतीक्षा गरेका आदिलले पाएको मौकालाई खेर जान दिएनन् र आफूलाई प्रमाणित गरे। 

स्पट फिक्सिङ आरोपका कारण ३ वर्षपछि मैदान फर्केका आदिल मैदानमा आत्मविश्वासी देखिए। लामो समयदेखि आदिलको प्रदर्शन हेर्न आतुर समर्थकलाई आदिलले बल र ब्याटबाट आफ्नो जादु देखाए। 

पहिलो इनिङ्सको १९औँ ओभरमा मैदान छिरेका आदिलले ५ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाए। 

दोस्रो इनिङ्समा आठौँ ओभरमा आदिल बलिङमा आए। आदिलले आफ्नो स्पेलमा २४ रन खर्चेर ४ विकेट लिए।

नेपालका लागि सर्वाधिक ४ विकेट लिएका आदिलले आफूलाई पुनरागनका लागि कति आतुर थिए भन्ने जवाफ मैदानबाट दिए।

आदिलले आठौँ, दसौँ, बाहौँ र १६औँ ओभरमा बलिङमा आए। उनले आफ्नो हरेक ओभरमा विकेट लिन सफल भए। 

विसं.२०७९ सालमा घरेलु मैदानमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि मैदानबाट टाढा भए। 

स्पट फिक्सिङको आरोपपछि आदिलले राष्ट्रिय र अन्तराष्ट्रिय क्रिकेट खेलबाट प्रतिबन्धको सामना गरे।

आदिललाई २०८० सालमा काठमाडौँ जिल्ला अदालतले सफाइ दियो। अदालतको सफाइपछि नेपाल क्रिकेट क्यानले पनि आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। २०८२ वैशाख २१ देखि लागु हुने गरि क्यानले प्रतिबन्ध फुकुवा गरेको थियो। 

प्रतिबन्धको समयमा आदिलले खेलमा थुप्रै काम गरिरहे। भारतीय घरेलु प्रतियोगितामा सहभागिता जनाए।

पुनरागनका लागि आफूलाई तयार पारिरहेका थिए। प्रतिबन्धको समयमा पनि आलम एक्लै अभ्यासमा व्यस्त देखिन्थे।

प्रतिबन्ध फुकुवापछि नेपाली टोलीमा पुनरागमन गरेका आदिलले आफूलाई फेरि एकपटक प्रमाणित गरेका छन्। 

विगतलाई सम्झन नचाहने आदिलको सानदार पुनरागमनपछि उनको क्रिकेट प्रतिको भोक र मैदान फर्कन उनको आतुरता मैदानमा प्रस्ट देखिन्छ।

यो सानदार कमब्याकसँगै आदिललाई क्रिकेट जगत्‌मा फेरि स्वागत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad