आईसीसी टी–२० विश्वकप छनोटमा कतारले जापानलाई पराजित गरेको छ। ओमानमा जारी एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट अन्तगर्तत बुधबार कतारले जापानलाई ३ विकेटले पराजित गरेको हो।
यो जितसँगै कतारले सुपरसिक्समा २ अंक जोड्न सफल भएको हो। अझै सबै टोलीले समान २ खेल खेल्न बाँकी छ। विश्वकपमा ओमान र नेपालको सम्भावना बलियो भएपनि सबै टोलीका लागि अझै खुला छ।
जापानले दिएको १४० रनको लक्ष्य कतारले २ बलअघि नै ७ विकेटको क्षतिमा पूरा गर्यो। त्यसअघि जापानले ४ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।
सुपरसिक्समै आज सामोआ र यूएई तथा नेपाल र ओमान भिड्नेछन्। नेपाल र ओमानबिचको विजेता भने अर्को वर्ष हुने विश्वकपमा छानिनेछ। यी दुई टोलीको समान ६ अंक छ।
युएई, कतार र जापानको समान २ अंक र साओमा अंकबिहिन छ। तर साओमाको पनि अझै सम्भावना सकिएको छैन।
Shares

प्रतिक्रिया