खेल


लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा, अनिल र भीम फर्किए

लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा, अनिल र भीम फर्किए

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८२ शनिबार १९:२४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को एकदीवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। 

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्। 

त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका  सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्। 

नेपालले लिग-२ का लागि यूएईमा यूएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ। 

नेपालको खेल अक्टोबर २६ बाट सुरु हुने छ।

लिग–२ अन्तर्गतको सिरिजमा तीनवटै टोलीले ४/४ वटा खेल खेल्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad