खेल


लक्ष्मीपूजाका दिन उजेलियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

लक्ष्मीपूजाका दिन उजेलियो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

विशाल कार्की
कात्तिक ३, २०८२ सोमबार १९:५५, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लड लाइटमा बत्ति बलेको छ।

सोमबार साँझ लक्ष्मीपूजाको दिन क्रिकेट मैदानका ६ मध्ये चार वटा फ्लड लाइटमा बत्ति बालिएको हो। 

चारवटा हाइमस्ट पोलबाट बत्ति बलेपछि त्रिवि त्रिकेट मैदान झलमल्ल भएको छ।

आइतबार मात्रै मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइएको हो। निर्माण व्यवसायीले एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको थियो।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०र३० टनका हाइमास्ट लाइट जडान गरिएको हो। पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ।

पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए।

दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए। परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ।

एनपीएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ।

सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ।

मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ।

गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो।
फ्लड लाइट बलेपछि कस्तो देखियो त्रिवि क्रिकेट मैदान (हेरौँ ड्रोन तस्बिर)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad