काठमाडौं गोर्खाजले चितवनविरुद्ध सुरुवातमा नै दुई विकेट गुमाएको छ।
नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौंले लगातार विकेट गुमाएको हो।
दोस्रो ओभरमा काठमाडौंका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका हुन्।
चौथो ओभर जारी रहँदा काठमाडौंले २३ रन बनाएर खेलिरहेको छ।
24
Shares

प्रतिक्रिया