राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा बिदाई कार्यक्रममा बोल्दै उनले वर्तमानमा खेल संघहरूको संख्या घटेर ६३ पुगेको बताए।
उनले चार वर्षे कार्यकालमा सक्रिय संघहरूमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफनो कार्यकाललाई सबैभन्दा बढी निर्वाचन भएको अवधि भनि बताए। आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबैभन्दा धेरै निर्वाचन गराएको दाबी गरे।

उनले भने, ‘मैले २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर एउटा प्रतिवद्धता गरेको थिएँ। आज ६३ को सङ्यामा राष्ट्रिय खेल संघ रहेको छ र यो निर्माणका निमित्त तपाईंहरुले गर्नुभएको योगदानलाई म प्रशंसा गर्न चाहन्छु। चार वर्षको खेलकुदको इतिहासमा सबैभन्दा बढी निर्वाचन भएको कुनै कार्यकाल छ भने सायद मेरो होला। ५० भन्दा खेल संगठनमा निर्वाचन सम्पन्न भएको छ, म यसका लागि सबै खेल क्षेत्रका पदाधिकारी साथीहरुलाई बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु।’
उनले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरुको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताए। त्यस अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई किट्स वितरण गरिएको छ।
Shares

प्रतिक्रिया