खेल


काठमाडौंलाई जितका लागि कर्णालीले दियो १५० रनको लक्ष्य

काठमाडौंलाई जितका लागि कर्णालीले दियो १५० रनको लक्ष्य

कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो (सरोज नेपाल)


नेपालखबर
मंसिर १४, २०८२ आइतबार १७:७, काठमाडौँ

कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि काठमाडौ गोर्खाजसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।

कर्णालीका लागि गुल्सन झा ले २२ बलमा ६ चौका ३ छक्का सहयोगमा ४९ रनमा अविजित रहे। नन्दन यादव १ रनमा अविजित रहे।

२९ बलमा २ चौका र २ छक्का प्रहार हान्दै पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लु धरापमा परे। 

२७ बलमा १ चौका र २ छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे। अर्का ओपनर प्रियाङक पञ्चाल रोयल डकआउट हुन पुगे। 

विलियम बसिस्टो १ रनमा नै रन आउट भए। नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रासिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट नै भए। 

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एण्ड बोल्ट हुन पुगे। दिपक डुम्रे १० रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। 

काठमाडौका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad