अन्तराृष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १-० गोल अन्तरले पराजित भएको हो। खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो।
चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन्। उनले खेलको ५३औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन्।
फिफा महिला फुटबलको वरियतामा ताइपे ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा रहेको छ।
यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो। त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५-० गोलअन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया