दुवै प्रारम्भिक ब्याटरलाई ‘पावर प्ले’मै गुमाएपछि विराटनगर किंग्स दबाबमा खेलिरहेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले १० ओभरको खेल सकिँदा ५९ रन बनाएको छ। लोकेश बम र साम हेजलेटले ४४ रनको साझेदारी गरेपछि विराटनगर सम्हालिएको हो।
दश ओभरको खेल सकिँदा लोकेशले २८ र सामले १८ रन बनाएका छन्। यसअघि फाफ डु प्लेसिस १२ रन बनाएर आउट भएका थिए। विराटनगरका प्रारम्भिक ब्याटर जर्ज मुन्से शून्यमा आउट भए।
लुम्बिनीका लागि शेर मल्ल र अभिशेष गौतमले एक–एक विकेट लिए।
3
Shares

प्रतिक्रिया