सिद्धाथै बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको सुदूरुपश्चिमले चार विकेटको क्षतिमा १६९ रन बनाएको हो। सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए। उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४ रन बनाए। दीपेन्द्रले १४ बलमा दुई छक्का प्रहार गरे भने आरिफले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, प्रारम्भिक ब्याटर विनोद भण्डारीले २१ रन बनाए। उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। पुनित मेहराले १३ रन बनाए भने इशान पाण्डे र हरमित सिंह एक-एक रनमा आउट भए।
चितवनका लागि सैब जैबले दुई विकेट लिए। रञ्जित कुमार र जर्ज स्क्रिमसोको नाममा एक-एक विकेट रह्यो।
केहीबेरमा चितवनले जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया