सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुरले टस जितेर बलिङ रोजेको हो। दुवै टोली ‘प्लेअफ’बाट बाहिरिसकेका छन्।
जनकपुर र कर्णालीले आजको खेलमा तीन–तीन खेलाडी परिवर्तन गरेका छन्। यो खेलको विजेताले सातौँ स्थानमा रहेर एनपीएफको यात्रा अन्त्य गर्नेछ।
जनकपुर बोल्टसको टोली: आशिफ शेख, अनिलकुमार साह, ललित राजवंशी, मयन आग्री, तुलबहादुर थापा मगर, आदित्य महता, माज सदाकत, जान निकोल लफ्टी इटोन, सञ्जय कृष्णमूर्ति, संगीत कोरे र पप्पु यादव।
कर्णाली याक्सको टोली: सोमपाल कामी, दीपेन्द्र रावत, पवन सर्राफ, इमरान शेख, नन्दन यादव, अर्जुन घर्ती, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चल।
Shares

प्रतिक्रिया