सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। विराटनगरले सूर्य तामाङ, नारायण जोेशीको स्थानमा शंकर राना र सुवास भण्डारी प्लेइङ ११ मा ल्याएको छ।
लुम्बिनीले भने एलिमिनेटर खेलको टोलीलाई नै निरन्तरता दिएको छ।
विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, शंकर राना, नरेन भट्ट, सुवास भण्डारी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, दिनेश अधिकारी, आर्सी जोन म्याथु सर्ट, जेजे स्मिथ, रुवेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।
Shares

प्रतिक्रिया