सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले राम्रो सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गरेको लुम्बिनीले १० ओभरमा एक विकेट गुमाएर ६९ रन बनाएको छ। डार्सी सर्ट र रोहित पौडेलले लुम्बिनीका लागि ६१ रनको साझेदारी गरेका छन्।
लुम्बिनीले पहिलो विकेट आठ रनमै गुमाएको थियो। दिनेश अधिकारी एक रन बनाएर आउट भएका थिए।
त्यसपछि डार्सी र रोहितले पारी सम्हालेका हुन्। विराटनगरका लागि सुवाष भण्डारीले विकेट लिएका थिए।
बिहीबार विराटनगरले टस जितेर लुम्बिनीलाई ब्याटिङका लागि निम्त्याएको थियो।
96
Shares

प्रतिक्रिया