खेल


यूएन पार्कनजिक एकै ठाउँमा पाँच गाडी दुर्घटना, एक युवकको मृत्यु


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १८:४९, काठमाडौँ

ललितपुरको यूएन पार्क नजिक बिहीबार एउटा भ्यानले चार वटा गाडीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। 

बागमती करिडोर अन्तर्गत यूएन पार्क नजिक कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा. प्र. ०१-०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरित दिशाबाट आउदै गरेका चार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ। 

भ्यानले बा. प्र. ०१-०२२ च ००६१ नम्बरको निजी कार, बा २ ज ४७६० नम्बरको भाडाको कार, बा.प्र. ०१-०२२ च ००६१ नम्बरको निजी कार र बा ५१ प ९५६९ नम्बरको स्कूटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। स्कूटर भने कुपण्डोलबाट यूएन पुलतर्फ जाँदै गरेको थियो। 

दुर्घटनामा स्कूटर चालक रौतहटको गौर नगरपालिका-९ का राजिव सिन्हा घाइते भएका थिए। उनलाई उचपारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले भ्यान चालक काठमाडौँको नागार्जुन नगरपालिका-६ का २० वर्षीय रोहित रञ्जितकारलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, अन्या चार तीन वटै गाडी चालक र गाडीलाई पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad