खेल


शेर मल्लले गरे सन्दीपसँग विकेट बराबर, अविनाशले उछिन्न सक्छन्

शेर मल्लले गरे सन्दीपसँग विकेट बराबर, अविनाशले उछिन्न सक्छन्

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १७:१४, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको सिजन २ को सर्वाधिक विकेट लिने बलरमा लुम्बिनीका शेर मल्लले विराटनगरका कप्तान सन्दीप लामिछानेसँग बराबरी गरेका छन्।

सन्दीपले १७ विकेट लिएका थिए। सुदूरपश्चिमविरुद्ध ३ विकेट लिएसँगै शेर मल्लको पनि विकेट संख्या १७ पुगेको हो। 

मल्लले ४ ओभरमा १८ रन खर्चिँदै ३ विकेट लिएका हुन्। तर उनीहरु दुवैको सर्वाधिक विकेटको कीर्तिमान सूदुरपश्चिमका अविनाश बोहराले तोड्न सक्छन्। 

उनको एक विकेट कम छ। अब लुम्बिनीविरुद्ध कम्तीमा २ विकेट लिए सर्वाधिक विकेटको कीर्तिमान आफ्नो नाममा गर्ने मौका अविनाशलाई छ। एक विकेट लिए पनि तीन बलरको समान १७ विकेट हुनेछ।

सन्दीपले ९ खेलमा ३६ ओभर बलिङ गर्दै १७७ रन मात्रै खर्चिएका छन्। १० खेलमा ३६ ओभर बलिङ गरेका मल्लले २३४ रन खर्चिए। अविनाशले ८ खेलमा २५.१ ओभर मात्रै बलिङ गर्दा १९४ रन खर्चिएर सन्दीप र शेरभन्दा एक विकेट कम लिएका हुन्। 

सर्वाधिक विकेट लिने खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन्। पहिलो सिजन जनकपुर बोल्ट्सका ललितनारायण राजवंशीले जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad