खेल


पार्टी एकताको निर्णयले प्रफुल्ल कमल थापाको टेनिस कोर्टमा पनि कमाल

६५ वर्षमाथिको प्रतियोगितामा विजयी सुरुवात
पार्टी एकताको निर्णयले प्रफुल्ल कमल थापाको टेनिस कोर्टमा पनि कमाल

वाशुदेव मिश्र
पुस १२, २०८२ शनिबार १९:४६, पोखरा

राप्रपा र राप्रपा नेपालबीच यही पुस १६ गते पार्टी एकताको औपचारिक घोषणा हुँदैछ। यही पुस ९ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग गला मिलाउँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेको र पार्टी फुटाएको भाव व्यक्त गरेनन् बरु उत्साही देखिए। उनै थापाले त्यो उत्साह पोखरा रंगशालाको टेनिस कोर्टमा पनि देखाए।
 
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा वर्षेनी आयोजना माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापा नियमितजसो सहभागी हुँदै आएका छन्। २२ औं संस्करणको प्रतियोगिताअन्तर्गत शनिबार कोर्टमा उत्रिएका थापाले ६५ वर्षमाथिको डबल्सतर्फ छ्याम्बा ढुन्डुपसँगै सुदिप्ता चक्रवर्ती र प्रदीप मुखर्जीको जोडीलाई ४-०,४-१ को सेटमा पराजित गरे। जीतसँगै उनी केही दिन कोर्टमै व्यस्त हुनेछन्। 

शनिबार भएको ३५ वर्ष माथिको एकलतर्फ सञ्जय प्रसाद श्रेष्ठले लक्ष्मण तामाङलाई अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ६-४, ३-६ र सुपटटाइमा १०-५ ले पराजित गरेका छन्। त्यस्तै, विकास खड्काले नवराज शर्मालाई ६-१, ६-१ ले, पेमा नोर्बुले श्रीजन सिंहलाई ६-०, ६-१ ले, दावा शेर्पाले माधवसिंह बिष्टलाई ६-०, ६-० ले,सोम राणाले सबिन श्रेष्ठलाई ६-१, ६-३ ले, सुजन श्रेष्ठले निरज रेग्मीलाई ६-३, ७-६ ले, सन्तोष खत्रीले भीमबहादुर मगरलाई ६-३ , ६-३ ले,  अनिल शाहीले गगन महर्जनलाई ६-१, ६-१ ले पराजित गरेका छन्।

४५ वर्ष माथिको एकलतर्फ अमित गुरुङले रामबहादुर बिकमाथि ६-२, १-६ र सुपरटाईमा १०-६ को कठिन सेटमा जित निकाले। त्यस्तै, कमल भण्डारीले भिष्मराज पौडेललाई ६-३, ६-४ ले,  सन्दुक के। लामाले प्रकाश बस्नेतलाई ६-४, ६-२ ले, केबी लामाले जिनमान किमलाई ६-२, ६-१ ले, देव क्षेत्रीले शरण गुरुङलाई ६-०, ६-१ ले, निरज थापाले मनोज कुमार श्रेष्ठलाई ६-१, ७-५ ले, रोहित सुनुवारले आशिष सिग्देललाई ६-१, ६-० ले, सेजार गुरुङले राज गुरुङलाई ७-६, ६-० ले, अमित गुरुङले हेमराज ढकाललाई ६-४, ६-५ ले पराजित गरे।

५५ वर्षमाथिको मेन्स सिङ्गलमा जितेन्द्र प्रधानले उत्तम बोगटीलाई, महेन्द्र थापाले जितेन्द्र खड्कालाई राजकुमार गुरुङले हर्क बहादुर गुरुङलाई जीवन घिमिरेले करिमुल्ला मुस्लिमलाई, उत्तम कुमार लामाले समीर शेरचनलाई, अनु जोनले सुनिल गुरुङलाई, बिमल के गुरुङले संजय झालाई, बिदुर बिष्टले धीरबहादुर गुरुङलाई पराजित गरेका छन्।

४५ वर्ष माथिको मेन्स डबलमा गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीलाई नविन चालिसे र निरज थापाको जोडीले तथा भिष्मराज पौडेल र लोक गुरुङको जोडीलाई रोहित सुनुवार र जोली तार्गेनको जोडीले सुपर टाइमा पराजित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad