खेल


भारत-बंगलादेश तनावको असर क्रिकेटमा, टी-२० विश्वकपका खेल श्रीलंका सार्न बंगलादेशको प्रस्ताव

भारत-बंगलादेश तनावको असर क्रिकेटमा, टी-२० विश्वकपका खेल श्रीलंका सार्न बंगलादेशको प्रस्ताव

नेपालखबर
पुस २०, २०८२ आइतबार १३:४३, काठमाडौँ

बंगलादेशले आगामी फेब्रुअरी मार्चमा हुने आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो खेल श्रीलंकामा सार्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सामु प्रस्ताव गरेको छ। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले आफ्नो खेल श्रीलंकामा सार्न प्रस्ताव गरेको हो।

बंगलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आफुहरु कुनैपनि परिस्थितीमा बंगलादेशी क्रिकेट, क्रिकेटर र बंगलादेशको अपमान स्वीकार नगर्ने बताएका हुन्। 
मुस्ताफिजुर रहमान

बीसीसीआइले शनिबार इण्डियन प्रिमियर लिग (आइपीएल) टोली केकेआरलाई क्रिकेटर रहमानलाई रिलिज गर्न सुझाव दिएको थियो। 

रहमानलाई रिलिज गर्न भनेपछि सल्लाहकार नजरुलले जहाँ एक बंगलादेशी क्रिकेटर सम्झौतामा हुँदाहुँदै भारतमा खेल्न सक्दैन भने त्यहाँ सम्पूर्ण बंगलादेशी क्रिकेट टोली विश्वकप खेल्न सुरक्षित महसुस गर्न नसक्ने बताएका हुन्। 

सन् २०२४ मा बंगलादेशको ढाकामा भएको विद्रोहपपछि भारत र बंगलादेशको राजनीतिक सम्बन्ध चिसिएको थियो। 

गत महिना बंगलादेशमा मुस्लिम समुदायले एक हिन्दु पुरुषको हत्या गरेपछि यसले दुई देशबीचको तनाव अझ बढेको छ। राजनितिक सम्बन्धको कारण नै बीसीसीआइले रहमानलाई रिलिज गर्न भनेको थियो।

रहमानलाई रिलिज गर्ने निर्णयले भारत-बंगलादेश सम्बन्ध झन खराव स्थितिमा पुगेको छ, जसको प्रत्यक्ष असर क्रिकेटमा पनि पर्ने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad