खेल


स्पेनिस सुपर कपमा हार भोगेसँगै रियलका प्रशिक्षकले छाडे पद

स्पेनिस सुपर कपमा हार भोगेसँगै रियलका प्रशिक्षकले छाडे पद

नेपालखबर
पुस २९, २०८२ मंगलबार १३:३३, काठमाडौँ

स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग पराजित भएपछि रियल मड्रिडका जाभी अलोन्सोले मुख्य प्रशिक्षक पद छाडेका छन्। 

टोलीको जिम्मेवारी सम्हालेको साढे ७ महिनामा नै उनले मुख्य प्रशिक्षक छाडेका हुन्। छोटो समयमा नै रियल छाड्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन्। यो राजीनामा पूर्वतयारीसहित आएको होइन। उनले यति छिट्टै राजीनामा दिने कोहीले आशा गरेका थिएनन्। 

रियल मड्रिडले प्रशिक्षक जाभीको बर्हिगमनलाई आपसी सहमतिमा भएको बताएको छ। क्लबले विज्ञप्तीमा भनेको छ- रियल सधै उनको घर रहनेछ, उनले र उनका प्रशिक्षक कर्मचारीलाई यो समयको काम र समपर्णका लागि धन्यवाद छ। 

आइतबार भएको स्पेनिस सुपर कपको फाइनलमा रियल बार्सिलोनासँग ३-२ गोल अन्तरले पराजित भएको थियो। यस्तै क्लब विश्वकपको सेमिफाइनल मा रियल पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० ले पराजित भएको थियो। 

च्याम्पियन्स लिगमा रियल १२ अंकमा सातौँ स्थानमा रहेको छ। ला लिगा अन्तर्गत गत सेप्टेम्बरमा रियलले एथलेटिको मड्रिडसँग ५-२ को हार भोगेको थियो। 

एलोन्सोले टोलीसम्हालेपछि रियलले ३४ खेल खेल्दा २४ खेलमा जित हात पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad