खेल


बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

नेपालखबर
माघ १, २०८२ बिहिबार २१:१९, काठमाडौँ


धरान (सुनसरी)
प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ। 

आज पत्रकार सम्मेलनमार्फत गतवर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद रु १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५र२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले जनाकारी दिए। साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने राईले बताए।

यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौँ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad