खेल


युभेन्टसका फरवार्ड पाउलो डिबालाले जिते कोरोनालाई

युभेन्टसका फरवार्ड पाउलो डिबालाले जिते कोरोनालाई

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ५:५०,

इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबाला कोरोना मुक्त भएका छन्।

अर्जेन्टिनी खेलाडी डिबाला झन्डै ८ सातापछि कोरोना मुक्त भएका हुन्। ६ साताको बीचमा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि डिबाला पुनः आइसोलेसनमा रहेर उपचार गराइरहेका थिए।

उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको भन्दै युभेन्टसले बुधबार राति एक विज्ञप्ति जारी गर्दै डिबाला कोरोनामुक्त भएको जानकारी दिएको छ।

डिबाला र उनकी प्रेमिका ओरियाना साबाटिनी दुवैमा गत मार्च २१ मा कोरोना संक्रमण देखिएको थियो। उनी आफ्नै अपार्टमेन्टको क्वारेन्टिन बसेर निको भएका हुन्।

डिबाला अब कम्तिमा पनि दुई साता क्वारेन्टिनमा बसेपछि मात्रै प्रशिक्षणमा फर्कन सक्नेछ।

यसअघि युभेन्टसका डेनिली रुघानी र ब्लेसिस माटुडीले पनि कोरोनालाई जितिसकेका छन्।

इटली सरकारले क्लबहरुलाई प्रशिक्षणमा अनुमति दिएपछि युभेन्टसले पनि मंगलबारदेखि नै प्रशिक्षण शुरु गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad