पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फ थाइल्यान्ड क्विन्स तेस्रो बनेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा थाइल्यान्डले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो। पहिलो सेट २३-२५ अंकले गुमाएको थाइल्यान्डले त्यसपछिका दुई सेट लगातार आफ्नो पक्षमा पार्यो।
थाइल्यान्डले दोस्रो सेट २५-११ अंक र तेस्रो सेट २५-९ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भने गुमाउन पुग्यो। चौथो सेट २३-२५ अंकले गुमाएको थाइल्यान्डले पाचौँ सेट भने १५-११ अंकले आफ्नो पक्षमा पार्दै तेस्रो भएको हो।
तेस्रो बनेसँगै थाइल्यान्डले दुई लाख ६ हजार ६६६ रुपैयाँ हात पारेको छ। महिलातर्फको उपाधिका लागि शुक्रबार न्यू डायमन्ड युथ स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।
प्रतियोगितामा आजै पुरुषतर्फका दुई खेल हुँदै छन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र मालदिभ्स भलिबल एसोसिएसन प्रतिस्पर्धा गर्दै छन्। दोस्रो खेलमा भने विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने तालिका छ।
टाइगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छ।
Shares

प्रतिक्रिया