खेल


टाइगर कपमा न्यु डायमन्ड पहिलो पटक च्याम्पियन

टाइगर कपमा न्यु डायमन्ड पहिलो पटक च्याम्पियन

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १२:४५, काठमाडौँ

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको उपाधि उचालेको छ। 

डायमन्डले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो। दोस्रो पटक टाइगर कपको फाइनल खेलेको डायमन्डले पहिलो पटक उपाधि जितेको हो। डायमन्ड यसअघि चौथो संस्करणमा एपीएफसँग पराजित भएको थियो। 

महिला भलिबलमा डायमन्डले पुलिस क्लबलाई हराउँदै लगातार तेस्रो पटक उपाधि उचालेको हो। न्यु डायमन्डले यसअघि काठमाडौँमा भएको एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप र नवौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पुलिस क्लबलाई नै पराजित गर्दै लगातार उपाधि उचालेको थियो। 

पोखरा रगंशालास्थित भलिबल कोर्टमा भएको महिलातर्फको फाइनलमा डायमन्डले पुलिस क्लबलाई सोझो सेटमा हराएको हो। 

डायमन्डले पुलिस क्लबमाथि २५-११, २५-२२ र २५-१६ को सहज जित निकालेको हो। डायमन्डले टाइगरमा एक सेट पनि नगुमाइ उपाधि जितेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad