खेल


विश्वकपमा पाकिस्तानको दोस्रो जित, अमेरिका ३२ रनले पराजित

विश्वकपमा पाकिस्तानको दोस्रो जित, अमेरिका ३२ रनले पराजित

नेपालखबर
माघ २७, २०८२ मंगलबार २३:२, काठमाडौँ

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको पाकिस्तान अमेरिकाविरुद्ध मंगलबार राति सम्पन्न खेलमा ३२ रनले विजयी भएको हो। 

पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट क्षतिमा १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिका २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा सीमित भयो। 

पाकिस्तानका लागि साहिबजादा फर्हानले सर्वाधिक ७३ रनको पारी खेले। उनीबाहेक सइम अयुबले १९, बाबर आजमले ४६, साधव खानले ३० रनको योगदान गरे। बलिङतर्फ अमेरिकाका स्याडले भान स्काकिकले ४ विकेट लिए भने सौरभ नेत्रावल्कर, मोहम्मद मोसिन र हरमित सिंहले समान १ विकेट लिए। 

विशाल लक्ष्य पछ्याएको अमेरिकाका लागि शायन जहानगिरले ४९, मिलिन्द कुमारले २९, शुभम रञ्जनेले ५१ र आन्द्रियास गाउसले १३ रनको योगदान गरे। बाँकी खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन्। 

पाकिस्तानका उसमान तारिकले ३, साधव खानले २ तथा मोहम्मद नवाज, अब्रार अहमद र शाहीन शाह अफ्रिदीले समान १ विकेट लिए। 

योसँगै पाकिस्तानको समूह एमा ४ अंक भएको छ भने भारत र नेदरल्यान्ड समान २ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

समूह चरणको तेस्रो खेलमा पाकिस्तानले अब आइतबार चिर प्रतिद्वन्द्वी भारतविरुद्ध खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ। अमेरिकाले भने शुक्रबार नेदरल्यान्डविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad