खेल


स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

नेपालखबर
फागुन ५, २०८२ मंगलबार २१:३६, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपाली टोलीले पावर प्ले मा उत्कृष्ट सुरुवात गरेको छ। 

मुम्बइको वानखेडे स्टेडियममा स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा विना विकेटको क्षति ५६ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा ओपनर आशिफ शेख २३ र कुशल भुर्तेल ३१ रनमा नटआउट छन्। 

आशिफले १३ बलमा २ छक्का प्रहार गरेका छन्। कुशलले २३ बलमा १ चौका र ३ छक्का हानेका छन्। 

मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad