अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचनका कार्यक्रम स्थगित गरेको छ।
एन्फा निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले शुक्रबार सूचना प्रकाशित गरी निर्वाचनका कार्यक्रम स्थगित गरिएको जनाएका छन्। प्रतिनिधि सभाको निर्वाचन आचारसंहितका कारण एन्फाको चुनाव स्थगित गरिएको जनाइएको छ।
एन्फाको सूचनामा भनिएको छ, ‘निर्वाचन आयोगतबाट निर्वाचन आचारसंहिता लागू भएकाले एन्फाको संशोधित निर्वाचनका कार्यक्रम स्थगन गर्नु भनी पत्र प्राप्त भएकले मिति २०८२÷११÷८ देखिका निर्वाचनका कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।’
36
Shares

प्रतिक्रिया