खेल


सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि

सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि

नेपालखबर
फागुन ३०, २०८२ शनिबार २१:४०, काठमाडौँ

सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जितेका छन्। सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौडमा उपाधि जितेकी हुन्। 

धादिङकी सन्तोषीले १ घन्टा २१ मिनेट ११ सेकेन्डमा दौड पुरा गरेकी थिइन्। जावलाखेल फुटबल मैदानबाट सुरु भएको दौड पुल्चोक हरिहरभवन, बखुन्डोल, झम्सिखेल, धोविघाट, बल्खु, कलंकी बजार पुगेर फर्किएर एकान्तकुनमा हुँदै जावलाखेल मैदानमा पुगेर सकिएको थियो। 

राज्यलक्ष्मीले १ घन्टा २८ मिनेट १ सेकेन्डमा पूरा गरि दोस्रो, त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराई १ घन्टा २९ मिनेट ५९ सेकेन्डका साथ तेस्रो, नेपाल एपीएफ क्लबकी सुशीला महत १ घन्टा ३१ मिनेट २ सेकेन्डका साथ चौथो र गोर्खाकी गीता नेपाली १ घन्टा ५१ मिनेट ५४ सेकेन्डका साथ पाँचौं भइन्।

महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले लेजरपोर्ट नेपालद्वारा आयोजित पिंक केयराथनको हाफ म्याराथनतर्फ शीर्ष तीनलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। 

त्यस्तै, १० किलोमिटर दौडतर्फ एपीएफकी आशा राउत दोस्रो र पुलिसकी सुमित्रा चौधरी तेस्रो भइन्। निर्मलाले ४० मिनेट ८ सेकेन्डमा दौड पुरा गरेकी थिइन्। आशाले ४० मिनेट २७ सेकेन्डमा र सुमित्राले ४१ मिनेट ५० सेकेन्डमा पूरा गरेकी थिइन्। 

वर्षा थुमा ५४ मिनेट ४६ सेकेन्डका साथ चौथो, इन्द्रमाया पाख्रिन ५७ मिनेट २४ सेकेन्डका साथ पाँचौं र सितु लामा ५८ मिनेट ५६ सेकेन्डका साथ छैटौँ भइन्। १० किलोमिटरका शीर्ष तीन धावनकलाई क्रमशः ३१, २१ र ११ हजार रुपैयाँ प्रदान गरिएको छ। 

त्यस्तै फन रनको रुपमा रहेको ५ किलोमिटरमा तिलुमाया सुनुवार, रेश्माकुमारी रावल, सिता रिमाल र ३ किलोमिटरमा सुप्रिता थापा, गायत्री श्रेष्ठ र सांग्रीला श्रेष्ठ क्रमशः पहिलो देखि तेस्रो भए। ५ र ३ किलोमिटर फन रनतर्फ उत्कृष्ट १०-१० जनालाई आकर्षक उपहार प्रदान गरिएको आयोजकले जनाएको छ। 

लेजरपोर्टका अध्यक्ष नमराज जोशीका अनुसार दौढमा १ हजार ५ सय खेलाडी सहभागि भएका थिए। कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिएका थिए। सन् २०१७ देखि काठमाडौं पिंकाथनको नामबाट दौड सुरु गरेको प्रतियोगिताको यो छैटौँ संस्करण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad