ब्राजिलियन स्टार राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगमा सेभिल्लामाथि फराकिलो जित दर्ता गरेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–२ गोलअन्तरले पाखा लगाएको हो।
पहिलो हाफको नवौँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। राफिन्हाले खेलको नवौँ र २१ औँ मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए। नवौँ मिनेटमा जोआओ क्यान्सेलोलाई जिब्रिल सो ले फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी मौका पाएको थियो।
२१ औँ मिनेटमा कान्सेलोको प्रहार जस एन्जेल कार्मोनाले हातले रोकेपछि भिएआरको परिक्षणपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो। जुन मौकामा राफिन्हाले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ३८ औं मिनेटमा डानी ओल्मोको गोलमा बार्सिलोनाले ३-० को फराकिलो अग्रता बनायो।
पहिलो हाफको इन्ज्युरी समयमा ओसोले कुशनले गोल गर्दै सेभिल्लालाई खेलमा फर्काउने आशा जगाएका थिए।
तर ५१ औँ मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गरे। ६० औँ मिनेटमा जोआओ कान्सेलेको गोलमा ५-१ को अग्रता बनाएको थियो।
खेलको इन्ज्युरी समयमा सेभिल्लाले गोल फर्काएपछि टोलीको हार टार्न सकेनन्।
जितसँगै २८ खेलबाट ७० अंक बनाएको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ६६ अंक छ।
पराजित सेभिल्ला २८ खेलबाट ३१ अंकमा तालिकाको १४ औँ स्थानमा छ। सेभिल्ला रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको छ।
Shares

प्रतिक्रिया