खेल


आईपीएल: उद्घाटन खेलका सबै टिकट बिक्री, फ्यानको सम्झनामा ११ सिट खाली

आईपीएल: उद्घाटन खेलका सबै टिकट बिक्री, फ्यानको सम्झनामा ११ सिट खाली

नेपालखबर
चैत १२, २०८२ बिहिबार १३:२५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको छ। 

शनिबारदेखि आईपीएलको नयाँ सिजन सुरु हुँदै छ। आईपीएलको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैगलुरु (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) भिड्दै छन्। 

आरसीबीको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुने उद्घाटन खेल शनिबार साँझ सवा ७ बजे सुरु हुनेछ। उद्घाटन खेलको टिकट ४ मिनेटमा नै बिक्री भइसकेको हो। 

आरसीबीका सीईओ राजेश मेननले आईपीएल २०२६ को फ्रेन्चाइज टोलीको पत्रकार सम्मेलनमा दिउँसो ४ बजे टिकट बिक्री लाइभ हुने जानकारी गराएका थिए। टिकट बिक्री खुलेको चार मिनेटमा नै सोल्ड आउट भएको हो। 

एम चिन्नास्वामी स्टेडियममा सधैका लागि ११ सिट भने खाली राखिने यसअघि नै घोषणा भइसकेको छ। आरसीबीले पहिलो पटक आईपीएल उपाधि जितेको उत्सव मनाउने क्रममा भागदौड हुँदा ११ जनाले ज्यान गुमाएका थिए।

अहिले स्टेडियम बाहिर ११ जनाको सम्मानमा स्मारक बनाइएको छ। ११ जनाले ज्यान गुमाएको १० महिनापछि क्रिकेट समर्थक मैदान फर्कन लागेका हुन्। 

उद्घाटन खेलका लागि अहिले स्टेडियम तयार भइरहेको छ। आईपीएलको पहिलो खेलअघि स्टेडियमलाई फाइनल टच दिने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad