खेल


एन्फा उपाध्यक्ष पदकी उम्मेदवार पेमाले लिइन् उम्मेदवारी फिर्ता

एन्फा उपाध्यक्ष पदकी उम्मेदवार पेमाले लिइन् उम्मेदवारी फिर्ता

नेपालखबर
चैत १२, २०८२ बिहिबार १७:२१, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष पदकी उम्मेदवार पेमा डोल्मा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्। 

लामाले एन्फा निर्वाचन समितिलाई सम्बोधन गर्दै शुक्रबार झापामा हुन लागेको केन्द्रीय समितिको चुनावमा उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिता लिएको बताएकी हुन्। 

लामाले पत्रमा भनेकी छिन्, ‘मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा पटक पटकको राष्ट्रिय खेलकुद परिषद्को निर्देशन, चुनाव गर्ने र नगर्ने पक्षबीच भएको आपसी खिचातानी तथा आन्तरिक किचलोबाट आफूलाई अलग राखी स्वतन्त्रपूर्वक रहन चाहेकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’

लामा अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने पहिलो महिला खेलाडी समेत हुन्। नेपाल फुटबल महिला संघकी अध्यक्ष लामा वर्तमान कार्यसमितिका सदस्यका रुपमा थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad