खेल


पीएम कपमा गण्डकीको पहिलो जित

पीएम कपमा गण्डकीको पहिलो जित

नेपालखबर
चैत १५, २०८२ आइतबार १७:२५, काठमाडौँ

विभागीय टोली एपीएफ क्लबलाई हराउँदै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। 

आइतबार भएको खेलमा गण्डकीले एपीएफलाई ४३ रनले हराएको हो। पीएम कपमा गण्डकीले चौथो खेलमा आएर जित हासिल गरेको हो।
एपीएफले भने चौथो खेलमा एक खेलमा मात्र जित निकालेको छ। दुई खेलमा हार र एक खेलमा अंक बाँडेको थियो। 

वर्षाका कारण ढिला गरि सुरु भएको खेल २१ ओभरमा छोट्टाइएको थियो। गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपीएफले १८.३ ओभरमा १०७ रन बनाउँदा अलआउट भयो।

एपीएफलका सुमित महर्जनले बनाएको २२ रन नै सर्वाधिक रह्यो। कमल ऐरीले १७ रन बनाए। लोकेश बम, आशिफ शेख र अविशेक गौतमले समान १४ रन बनाए। 

एपीएफलाई सस्तैमा रोक्न गण्डकीका अपराजित पौडेल, सिवरिन श्रेष्ठले समान ३ विकेट लिए। सुवास भण्डारीले २ र कमल परियारले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल तयार पारेको हो। 

गण्डकीका लागि ओपनर गौरव विकले ३७ रन बनाए। दिपक डुम्रेले ३४ रन थपे। अर्जुन कुमालले २५, कप्तान विपिन खत्रीले २० र दिनेश बुढामगरले १९ रन थपे। 

एपीएफका अविनास बोहोराले ३ विकेट लिए। कमल ऐरी, युवराज खत्री र अविशेक गौतमले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad