कुशल मल्लको विष्फोटक ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गर्दै अपराजित यात्रालाई कायम राखेको छ।
आइतबार भएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले हराएको हो। जितसँगै आर्मी ७ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको छ। आर्मीले ३ खेलमा जित निकाल्दा एक खेलमा अंक बाँडेको छ।
बागमतीले भने प्रतियोगितामा तेस्रो हार व्यहोरेको हो। बागमतीले एक खेलमा जित र तीन खेलमा हार भोगेको छ। वर्षाका कारण खेल २८ ओभरमा घटाइएको थियो।
बागमतीले दिएको २ सय ९ रनको लक्ष्य आर्मीले १ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।
आर्मीको जितमा कुशल मल्ल ९० र साहब आलम २ रनमा विजित रहे। कुशलले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै आर्मीलाई जित दिलाउन महत्वपुर्ण भूमिका खेले।
ओपनर तृत राज दासले ५४ रन थपे। नरेन साउदले २६ र अर्जुन साउदले १४ रन थपे।
बागमतीका लागि इशान पाण्डे र विवेक मगरले समान २ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले समान एक विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २८ ओभरमा ७ विकेटको क्षतिमा २ सय ८ रनको योगफल तयार पारेको थियो।
आर्मीका ओपनर आशुतोष घिरैयाले ३८ र पवन थापाले ३५ रन थपे। सोनु देवकोटा ३० र कप्तान सन्दीप लामिछाने २१ रनमा अविजित रहे।
विवेक मगरले ३०, प्रतिश जिसीले २८ र शुभ कंसाकारले १५ रन थपे।
बागमतीका नरेन साउदले ४ विकेट दिए। सहाब आलम, दुर्गेश गुप्ता र बसिर अहमदले समान एक विकेट लिए।
Shares

प्रतिक्रिया