खेल


राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

नेपालखबर
चैत २९, २०८२ आइतबार १२:४९, काठमाडौँ

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप २०२६ को महिलातर्फको उपाधिका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको उपाधि भिडन्त दिउँसो साढे २ बजे सुरु हुनेछ। 

फाइनलमा आर्मीले समुह चरणकै नतिजा दोहोर्याउने लक्ष्यमा छ। 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले हराउँदै एपीएफसँगको भेट पक्का गरेको हो। 

पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशमाथि ३९–० को शानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो। 

समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। यता समूह ‘बी’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बनेका थिए।

प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब नै भिड्ने छन्। 

तेस्रो स्थानका लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्। 

नेपाल रग्बी संघको आयोजनामा जारी प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले समान ५० हजार तथा उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad